यूएईमा थप २ नेपालीमा कोरोनाभाइरसको संक्रमण

डिसी नेपाल
१५ चैत २०७६ ८:४८

काठमाडौं। यूएईमा कोरोनाभाइरस संक्रमणका ७२ नयाँ केस फेला परेका छन् । नयाँ संक्रमित ७२ जनामध्ये २ जना नेपाली भएको गल्फन्यूजले जनाएको छ । यससँगै यूएईमा कूल संक्रमितको संख्या ४०५ पुगेको छ । नयाँ भेटिएका २ जना संक्रमित सबैको स्वास्थ्य स्थिर भएको युएइको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नयाँ भेटिएका संक्रमितमध्ये नेपाल र इथियोपियाका २–२ जना तथा श्रीलंका, जोर्डन, प्यालेस्टाइन, सिरिया, इरान, कोमोरोस, चीन, साउदी अरब, किर्गिजिस्तान, बोस्निया हर्जगोभिना, सर्बिया, ग्रिस, उरुग्वे, रोमानिया, स्वेडेन, दक्षिण अफ्रिका, इराक र यमनका १–१ जना भएको समाचारमा जनाइएको छ । अन्य संक्रमितहरु ४ युएइका नागरिक, ५ बेलायती, ५ पाकिस्तानी, ५ लेबनानी, ८ बंगलादेशी र २३ भारतीय भएको बताइएको छ । १ पाकिस्तानी र २ बंगलादेशी गरी थप ३ जना संक्रमित पूर्ण रुपमा स्वस्थ भएका छन् । यसँगै संक्रमण भएर निको हुने बिरामीको संख्या ५५ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *