आंशिक रुपमा भएपनि सेवा संचालन गर्न सहकारीलाई निर्देशन

डिसी नेपाल
१७ चैत २०७६ १७:१२

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले स्थानीय प्रशासनसँग समन्वय गर्दै सहकारी बैंक, सहकारीहरु आंशिक रुपमा खोलेर जीविकोपार्जन, औषधोपचार जस्ता सेवाहरु प्रवाह गर्न निर्देशन दिएकी छिन् ।

पछिल्लो विकसित अवस्थाबारे सहकारी अगुवासँग छलफल गर्दै मन्त्री अर्यालले सहकारीलाई विपद्मा जनताको सहारा बन्न निर्देशन दिइन् ।

विश्वब्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपाल एक सातादेखि लकडाउनको अवस्थामा छ ।

मन्त्री अर्यालले सहकारी संस्थाद्वारा सञ्चालित सहकारी स्वास्थ्य अस्पतालहरुको अधिकतम परिचालन गर्न, सहकारी स्वास्थ्य संस्थाहरुबाट चलाइएको एम्बुलेन्सहरु बिरामीको ओसारपसारमा परिचालन गर्न निर्देशन दिइन् ।

यस्तै शेयर सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राखेर आफू पनि बचेर शेयर सदस्यहरुलाई सचेतनामूलक कार्यक्रम मार्फत सचेत गराउनुपर्ने आवश्यक्ता औल्याइन् ।

‘मुलुक अहिले संकटमा छ । यस्तो विपद्को बेलामा सहकारी क्षेत्रको सहयोग अमूल्य रहन्छन् । त्यसैले तपाईहरुले सेवामुखी भावनाले जनतालाई सहयोग गरी यो विपद्सँग लड्न राष्ट्रलाई सहयोग गर्नुस्’, मन्त्री अर्यालले भनिन् ।

यसअघि आइतबार सहकारी विभागले सहकारी संस्थाहरुलाई ६ बुँदे परिपत्र गरिसकेको छ ।  त्यस अवसरमा यो परिस्थितीमा आउदै गरेको राष्ट्रिय सहकारी दिवस कसरी मनाउने भन्ने सन्दर्भमा पनि छलफल भएको थियो ।

बैठकले राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा दिवस मनाउनका लागि व्यवस्थापन समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा परितोष पौडेल, खेम पाठक, केबी उप्रेती, सुरेन्द्र भण्डारी, नारायण देवकोटा, ज्ञानबहादुर तामाङ, माधव दुलाल, केदार खड्का छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *