कतारको सार्वजानिक स्थलहरुमा जमघट तथा भेला भए ६६ लाख जरिवाना तथा ३ वर्ष जेल सजाय हुने

दोहा । कतारमा कोरोना प्रकोपको संक्रमण थप फैलिन नदिन यहाँको सरकारले कडा एक्सन लिएको छ । कतारको आन्तरिक मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै अहिलेको अवस्थामा सर्वसाधारणलाई सार्वजानिक स्थलहरुमा जमघट तथा भेला नहुन आग्रह गरेको छ ।

मन्त्रालयले सर्वसाधारणलाई सार्वजनिक क्षेत्र, कर्नेश, क्याफेलगायत प्रार्थनाको लागि मस्जिद अगाडि तथा घरको छतमा भेला हुन प्रतिबन्ध लगाएको छ ।

सरकारको निर्देशन उलंघन गर्ने व्यक्तिहरुलाई २ लाख कतारी रियाल (नेपाली करिव ६६ लाख ४४ हजार) जरिवाना तथा ३ वर्षभन्दा बढि जेल सजाय गरिने मन्त्रालयले जनाएको छ ।

कतारमा हालसम्म ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ४८ जना उपचारपछि निको भएका छन भने १ जनाको ज्यान गएको छ ।कतारमा झण्डै ४ लाखको हाराहारीमा नेपाली रहेका छन ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position