मलेसियाबाट स्वदेश फर्कन टिकट रद्द तथा भिसा सकिएकालाई जानकारी गराउन दूतावासको अनुरोध

डिसी नेपाल
१८ चैत २०७६ १९:३७

क्वलालम्पुर । मलेसियाबाट स्वदेश फर्कन हवाइ टिकट रद्द भएका तथा भिसाको अवधि सकिएकहरुलाई सम्पर्कमा आउन नेपाली राजदूतावासले अनुरोध गरेको छ । दूतावासले हवाइ टिकट रद्द भएका तथा भिसाको अवधि सकिएका नेपाली श्रमिकहरुलाई आउँदो बिहीबारसम्म जानकारी गराउन अनुरोध गरेको हो ।

क्वलालम्पुरस्थित दूतावासले मंगलबार एक सूचना जारी गर्दे भनेको छ– ‘मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका लागि १८ मार्चदेखि १४ अप्रिलसम्म लकडाउन गरेकाले यो अवधिमा नेपाल फर्कन नपाएका र भिसा सकिएका नेपाली नागरिकले आफ्नो विवरण हित दूतावासमा अप्रिल २ तारिख बिहीबार दिउँसो १ बजेसम्म जानकारी गराउन यो सूचना प्रकाशित गरिएको छ ।’

जानकारीका लागि अनलाइमार्फत आवेदन भर्न सकिने दूतावासले जनाएको छ । त्यस्तै दूतावासकाे eonkualalumpur@@mofa.gov.np इमेलमा  समेत विवरण पठाउन सकिने बताइएको छ । विवरण अंग्रेजी भासामा टाइप गरेर पठाउन दूतावासको अनुरोध छ ।

अनलाइनमार्फत आवेदन भर्न नसक्नेले ६०१६२४७२७७७ मा ह्वाट्स्एअप मार्फत आफ्नो विवरण पठाउन सकिने उलेख्ख छ । विवरणमा  पासपोर्टमा उल्लेख भएको आफ्नो नाम, पासपोर्ट नम्बर, मोबाइल नम्बर, मलेसियन भिसाको किसिम र मलेसियामा कार्यरत भए कम्पनीको नाम र फोन नम्बरसहित लेखी पठाउनु पर्ने दूतावासले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *