‘र्‍यापिड रेस्पोन्स टिम’ पठाउने भारतीय सेनाको प्रस्ताव नेपाली सेनाद्वारा अस्वीकार

डिसी नेपाल
१८ चैत २०७६ १९:३७

काठमाडौं । विश्वव्यापी रुपमा कोभिड–१९को सन्त्रास फैलिएपछि भारतीय सेनाले नेपालमा ‘र्‍यापिड रेस्पोन्स टिम’ पठाउने प्रस्तावलाई तत्कालका लागि नेपाली सेनाले अस्वीकार गरेको छ । भारतीय सेना प्रमुखले नेपालमा ‘र्‍यापिड रेस्पोन्स टिम’ सहयोगका लागि भारतीय सेना तयार रहेको जनाएपनि नेपाली सेनाले तत्कालका लागि त्यसलाई अस्वीकार गरेको हो ।

अहिले नेपाल आफै यो समस्यासँग जुध्नसक्छ आवश्यक परे मात्रै सहयोग माग्नेछौ भन्दै नेपाली सेनाले त्यसलाई अस्वीकार गरेको हो । ‘ दुई सेनाको सहकार्य भन्दै भारतीय सेनाले अनौपचारिक प्रस्ताव राखेको हो तर हामीले त्यसका लागि धन्यवाद भन्यौ र अहिले आवश्यक छैन आवश्यक परेमा सहयोग माग्नेछौ भन्यौ’, नेपाली सेना उच्च स्रोतले भन्यो ।

स्रोतका अनुसार नेपालमा कोरोनाको प्रभाव नियन्त्रणबाहिर नभएकाले अहिले नेपालकै जनशक्तिबाटै परिस्थिति सम्हाल्न सक्ने अवस्था रहेकाले त्यसलाई अस्वीकार गरिएको हो । ‘अहिले नेपाली सेना नै परिचालन भइसकेको अवस्था छैन, त्यसैले जनशक्तिसहितको सहयोगको अहिले नै आवश्यकता छैन,’ सैनिक उच्च स्रोतले भन्यो ।

सेनाले कोरोनाको प्रभावबाट उत्पन्न हुने परिस्थितिलाई ध्यान दिँदै आवश्यक पर्दा कसरी परिचालन हुने भन्ने विषयमा रणनीति बनाइरहेको छ । ‘हामीलाई अहिले आवश्यक पर्ने औषधि तथा उपकरण हो । त्यस्तो सहयोग लिन सकिन्छ तर अहिले नै जनशक्तिसहितको सहयोग आवश्यक भइसकेको अवस्था होइन,’ स्रोतले भन्यो ।

नेपाल सरकारले भारत र चीनबाट अत्यावश्यक औषधि खरिद गर्ने निर्णय गरेको छ । नेपालले स्वास्थ्य सामग्रीसम्बन्धी सहयोग प्रस्ताव पनि स्वीकार गरिसकेको छ । नेपाल सरकारले स्वास्थ्य सामग्री र उपकरण माग गरेको छ । भारत सरकारबाटजतिसक्दो छिटो स्वास्थ्य उपकरण उपलब्ध गराउने आश्वासन दिएको छ । सरकारले यसअघि नै भारतबाट व्यक्तिगत सुरक्षा सामग्री, एन ९५ मास्क, इन्फ्रारेड थर्मोेमिटर, अक्सिजन प्लान्ट, ३ सय केजीको निर्मलीकरण गर्ने मेसिन, सिआरआरटी मेसिन, थर्मोेमिटर र सर्जिकल मास्कसहितका १६ प्रकारका सामग्री ल्याउने प्रस्ताव गरेका छ ।




प्रतिक्रिया

3 thoughts on “‘र्‍यापिड रेस्पोन्स टिम’ पठाउने भारतीय सेनाको प्रस्ताव नेपाली सेनाद्वारा अस्वीकार

  1. Nepal Army did the right thing. India vaneko Nepal lai sadhai hepne desh ho. Indian airport ma yeti choti Nepali le dukha payeka chhan group ma. Kaile train ma India pugeka Nepali lai plane train mai farki vanchha, hijo asti pani video ayo airport ma jhulako kura. Earthquake ko bela dinchhu vaneko help kati samaya pachhi diyo sablai yaad nai hola. Sarkar le corona ko bela simana lock garna gareko agraha lai pani suneko nasunei garo. Herdai garnu yo pandemic ma dinchhu vaneko sahayog pandemic sakida ni audaina. Gayegujreko chhimeki ho yo Nepal ko lagi.

Leave a Reply

Your email address will not be published. Required fields are marked *