यूएईमा थप २ जना नेपालीमा कोरोना संक्रमण, संक्रमित नेपालीको संख्या ८ पुग्यो

डिसी नेपाल
१८ चैत २०७६ २२:०६

यूएई । खाडिमुलक यूएईमा मंगलबार थप २ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। योसँगै यूएईमा कोरोना संक्रमित नेपालीको संख्या ८ पुगेको छ । तीमध्ये २ जना यसअघि नै उपचारपछि निको भएका छन् ।

यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार मंगलबार थप २ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।मंगलबार नयाँ २ जना नेपालीसहित ५३ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

निको भएका २ जना नेपाली अस्पतालबाट डिस्चार्ज भैसकेका छन् । बाँकी ६ जनाको भने आइसोलेसनमा राखेर उपचार भैरहेको छ ।

यूएईमा हालसम्म ६ सय ६४ जनामा कोरोना संक्रमित विरामी भेटिएका छन् । तीमध्ये ६ जनाको ज्यान गएको छ भने ६१ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै २ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *