कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर ५ दिनपछि जब आफ्नो घर पुगे…

डिसी नेपाल
१९ चैत २०७६ १४:५१

काठमाडौं। कोरोनाभाइरसको बढ्दो प्रकोपलाई रोक्न विश्वभरका डाक्टरहरु आफ्नै जिन्दगी दाउमा लगाएर लगातार बिरामीको उपचारमा खटिएका छन् । डाक्टर र नर्सहरु बिना विश्राम लगातार २–३ दिनसम्म बिरामीको उपचार गरिरहेका छन् । यस क्रममा उनीहरु आफ्नो परिवारको पनि कुनै ख्याल राख्न पाएका छैनन्, न त आफ्नै स्वाथ्यको ख्याल राख्न पाएका छन् । बिरामीको उपचारमा भने कुनै कमी हुन दिइरहेका छैनन् ।

भारतको मध्य प्रदेशको राजधानी भोपालका डाक्टर सुधीर डेहरिया यस्तै एक डाक्टर हुन् । डा. डेहरिया भोपालका चिफ मेडिकल हेल्थ अफिसर हुन् । भोपालमा उनी कोरोनाभाइरसका बिरामीको उपचारमा संलग्न छन् । चिफ मेडिकल अफिसर भएको नाताले पूरै जिल्लाको जिम्मेवारी उनको काँधमा छ । डा. डेहरिया आफ्नो काममा यति व्यस्त भए कि ५ दिनसम्म उनी घर जान पाएनन् । अन्ततः ५ दिनपछि उनी जब घर पुगे, परिवारको सुरक्षा र आफ्नो जिम्मेवारीको ख्याल गर्दै उनी घरभित्र पसेनन् ।

उनी घरबाहिरै आँगनको डिलमा बसे । त्यहीँ बसेर उनले चिया पिए, परिवारको हालखबर बुझे र बाहिरैबाट फेरि काममा फर्किए । मुख्यमन्त्री शिवराज सिंह चौहानले यी डाक्टरको निष्ठाको प्रहंहा गरेका छन् । उनले आफूलाई यस्ता चिकित्साकर्मीमाथि गर्व भएको बताएका छन् । अभिनेता कमाल राशिद खानले पनि डाक्टरको तारिफ गरेका छन् । उनले यता डाक्टर प्रेरणाका पात्र भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *