कोरोनाबाट कुवेतमा पनि एक नेपाली संक्रमित

डिसी नेपाल
१९ चैत २०७६ १६:००

कुवेत । कुवेतमा पहिलो पटक एक नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । ती नेपाली कोरोना संक्रमितको सम्पर्क रहेकोले सरेको बताइएको छ ।

कुवेतको स्वास्थ्यले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार १ जना नेपालीसहित २८ जना नयाँ संक्रमित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या ३ सय १७ पुगेको छ ।

तीमध्ये ८० जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै १३ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *