स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुग्यो, ४ जना उपचारपछि डिस्चार्ज

डिसी नेपाल
२० चैत २०७६ ०:०२

काठमाडौँ । स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुगेको छ । थप ३ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि सँगै संक्रमित नेपालीको संख्या ७ पुगेका हो । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि ४ जनामा संक्रमण देखिएको थियो । उनीहरुमध्ये ४ जना निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । तर उनीहरुलाई अस्पतालकै निगरानीमा होटलका छुट्टै कोठाहरुमा आईसोलेसनमा राखिएको एनआरएनए स्पेनका प्रवक्ता सुन्दर रानाभाटले जानकारी दिए।

संक्रमितमध्ये ६ जना पुरुष र एक महिला रहेका छन् । उपचाररत अन्य ३ जनाको स्वास्थ्यमा पनि उल्लेख सुधार आएको बताइएको छ । समस्यामा परेका नेपालीहरुलाई राहत वितरण गर्न लागिएको राना भाटले बताए । उनका अनुसार अहिले राहत कसरी वितरण गर्ने भन्ने विषयमा अलनाइनमा मिटिङ चलिरहेको छ ।

हालसम्म स्पेनमा १ लाख २ हजार १ सय ३६ जनामा कोरोनाको संक्रमण देखिएको छ । तीमध्ये ९ हजार ५३ जनाको मृत्यु भएको छ । त्यस्तै २२ हजार ६ सय ४७ जना पूर्ण स्वास्थ्यलाभ गरी घर फर्केका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *