कर्णालीमा बिरामीको नाम बेचेर एम्बुलेन्समा यात्रु ओसारिँदै

डिसी नेपाल
२० चैत २०७६ १८:०४

मुगु । नेपाल ‘लकडाउन’मा भएका बेला मुगुमा एम्बुलेन्सले यात्रु ओसारपसार गरिरहेको पाइएको छ ।

सुर्खेतमा रहेको नेपाल अर्वाेद्ध निवारण संस्थाको एम्बुलेन्सले सुर्खेतदेखी मुग सम्म विरामीको नाममा खचाखच यात्रु राखेर ओसार पसार गर्ने गरेको पाइएको छ ।

भे १ च ६७६ नम्बरको उक्त एम्बुलेन्शले दुईजना बिरामिको नाम चोरी गरेर मुगुका १२ जना यात्रु सुर्खेतबाट मुगु ल्याएको हो ।

एम्बुलेन्स दुईजना विरामी सन्चो भई आएको र विरामीको कार्ड सुरक्षा चेकजाँचमा देखाउँदै, त्यसलाई पासको रुपमा प्रयोग गरेर अन्य यात्रु हालेर मुगुका लागी मंगलवार सुर्खेतवाट छुटेको थियो ।

सन्चो भएका बिरामीको नाममा कागजपत्र बनाई एम्बुलेन्सले मान्छे ओसार्नु गैह्र जिम्मेवारी पन र ‘लगडाउन’को चरम उल्लघंन भएको देखिन्छ ।

मुगुका माननीयको सम्र्पकबाट मुगमा बिरामी पठाउनु छ, भन्ने खबरका साथ एम्बुलेन्स भाडाँका लागी पठाएको हुँ बिचमा मान्छे हालेको थाहा नभएको नेपाल अर्र्वोेद्ध निवारण संस्था सुर्खेतका कर्मचारी दिपक रावतले बताए ।

दुई जना बिरामी र दुईजना कुरुवाको लागी ३८ हजार भाडामा एम्बुलेन्स पठाईएको भएपनी त्यती धेरै मान्छे हालेको आफुलाई थाहा नभएको रावतले बताए ।

यता जिल्ला प्रशसान कार्यलय मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले भने, ‘एम्बुलेन्सले बिरामी बोक्ने हो । मान्छे ओसारने हैन । एम्बुलेन्सले मान्छे ल्याएर मुगु आएपनी बिच–बिचका चेक पोष्टले निगरानी राख्नु पर्ने हो, राखेन छन ।’ घटनाबारे जाँच बुझ गर्ने प्रजिअ निरौलाले प्रतिवद्धता जनाएका छन् । एम्बुलेन्शमा दुई बिरामी सहित १२ जना आएका थिए ।

बिश्वभरी कोरानाभाईरसको संंक्रमण बढ्दै गहेको र त्यस्को प्रभाव नेपालमा नफैलियोस भनेर नेपाल सरकारले ‘लकडाउन’को घोषणा गरी आवतजावतमा रोग लगाएको भएपनी ‘लकडाउन’को कर्णालीका जिल्लामा चरम उल्लघंन भएको छ ।

यसअघि, पनि मुगु आउने र हुम्ला जाने बिद्यार्थी, सर्वसाधारणका लाागी भन्दै सुर्खेत–नेपालगञ्जबाट गाडि रिर्जभ गरी मान्छे मुगुसम्म राता–रात ओसार्ने गरेर ‘लकडाउनको चरम उल्लघन गरिएको थियो ।

मुगु सहित कर्णाली प्रदेशका जिल्लामा ‘लकडाउन’को चरम उल्लघंन भएको भए पनि स्थानीय प्रशासन ठुला बडाको मिलोमत्तोमा रहि निरहि बनेको देखिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *