सीमामा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्कन दिन इन्सोफनकाे अपिल

डिसी नेपाल
२१ चैत २०७६ १८:४५

बेलायत। बेलायतमा रहेका नेपालीहरूद्वारा गठित नेपालका लागी अन्तराष्ट्रिय एक्यबद्धता नामक मानवअधिकार संस्थाले हिजो एक अपिल जारी गर्दै भारतबाट नेपाल फर्कन खोजेका नेपाली नागरिकलाई आफ्नो देश आउन दिन अनुरोध गरेकोछ। कोरोनाका कारण विगत केही दिन देखि भारतमा काम गर्दै आईरहेका मजदुरहरू नेपाल आउन खोज्दा सीमामा लकडाउनका कारण अलपत्र परेका छन्।

डा. कृष्ण उपाध्याय संयोजक रहेको उक्त संस्थाले व्यक्तिको घर फर्कन पाउन मानवअधिकारलाई नरोक्न अनुरोध समेत गरेकोछ। अपिलमा भनिएकोछ गत केही दिन यता भारतबाट नेपाल आउन खोज्नै सैयौं आफ्नै नागरिकले नाका बन्द भई अलपत्र परेर हारगुहार गरिरहेको समाचारप्रति ईन्टरनेश्नल सोलिडारिटी फर नेपाल बेलायतको ध्यानाकर्षण भएकोछ।

एउटा नागरिक आफ्नो देश फर्कन पाउने अधिकारलाई यसरी बलजफ्ती रोक्नु राज्यको गैरजिम्मवारीपन हो।

कोरोनाका कारण भारतमा काम गरी रहेका मजदुरहरू नेपाल फर्कन खोज्दा आउन पाएका छैनन्। अहिले करीब एक हजार नेपालीहरु नेपाल–भारत नाकामा थुनिएका छन्। ती मध्ये भारतको धार्चुला पारि महाकालीको गौशालामा तीन सय ८० जना, गलातीको फायर ब्रिगेडमा ३२ जना र बलुवाकोटको स्कुलमा ७० जनालाई क्वारेन्टाईनमा राखिएको बताईएको छ।

यसैगरी झण्डै ४०० को संख्यामा रहेका नेपालीहरू नौतनवास्थित नौतनवा इन्टर कलेजमा राखिएको भारतीय सुरक्षाकर्मीको भनाई छ। जहाँ राखिएको त्यहाँ पनि बसाईको प्रवन्ध ठीक नरहेको र भीडभाडले झनै महामारी बढ्ने देखेर बैतडीका लोकेन्द्र बोहोरा महाकाली नदी पौडेर आफ्नो देशको माटो टेक्नआइपुगे, तर प्रहरीले उनलाई पक्राउ गर्यो। पक्राउ पछि उनलाई एक जोडी कपडा समेत नलगाइ बजार डुलाएर हिडाइएको देख्दा एक नेपालीप्रति आफ्नै देशमा यस्तो व्यवहार राज्यको गैरजिम्मेवारपूर्ण क्रियाकलाप हो भन्ने हाम्रो ठहर छ ।

नेपालको संबिधानले सबै नागरिकलाइ देश निकाला विरुद्धको हक तथा भेदभाव विरुद्धको हक सुनिश्चित गरेको छ । कुनै पनि व्यक्ति आफ्नो घर फर्कन पाउनु उसको मानवअधिकार हो भने देशको अर्थतन्त्रमा योगदान पुर्याउने यिनै व्यक्तिहरूलाई अपमानजनक व्यवहार हुनु निन्दनीय छ।

नाकामा १० दिनकी सुत्केरी समेत रहेको बुझिन आएको छ। यस्तै भारतमा कतिपय पत्रपत्रिकाले नेपालले वेवास्ता गरे पनि भारतीय सरकारले खानबस्न दिएको भनि समाचार आईरहेका छन् भने उनीहरु खुला ठाउँमा राखेर खान खान दिइरहेका भिडियोहरु पनि आइरहेका छन्।

कोरोनाका कारण यस्तो परिस्थिती उत्पन्न भए पनि आफ्ना नागरिकलाई देश आउन दिएर नेपालमा क्वारनटाईनमा राख्न यसै विज्ञप्ति मार्फत इन्सोफन युके अनुरोध गर्दछ।

इन्सोफन युकेले नेपालमा विभिन्न समयमा घट्ने मानवअधिकार उल्लङगनका घटनामा आफ्नो धारणा राख्दै आईरहेकोछ भने यो संस्था सन् २०१६ मा स्थापना भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *