पञ्चलाई हर्जना तिरेर विवाह गर्न लागेका जोडी पक्राउपछि क्वारेन्टाइनमा

डिसी नेपाल
२२ चैत २०७६ ७:४३

जनकपुरधाम । घरमा बिहेको सम्पूर्ण तयारी भएको बेला पक्राउ गरियो भने कस्तो अवस्था हुन्छ होला रु धनुषामा यस्तै भएको छ।

सुटुक्क बिहे गर्न लागेका एक जोडी अहिले क्वारेन्टाइनमा छन् । धनुषाको शहिदनगर नगरपालिका ५ पछेर्वा मुसहरी टोलका युवा युवतीले पञ्चको निर्णय अनुसार बिहे गराउन लाग्दा प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा राखिएको हो।

करिब महिना दिनअघि भागेर भारत पुगेको दुवैजना तीन दिनअघि मात्रै घर फर्किएको थिए । घर फर्किएका दुवैजनालाई बिहीबार बिहान गाउँका पञ्चहरुको भेलाले दण्ड जरिवानासहित विवाह गराउन लाग्दा पक्राउ गरिएको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले जानकारी दिए।

‘महिना दिनअघि दुवै भागेर छिमेकी मुलुक भारत पुगेका थिए । फेरी उताबाट भागेर नेपाल आइपुगेको दुई दिन भएको थियो, पञ्चहरुले दण्ड जरिवानासहित बिहे गराउन लाग्दा प्रहरीको सहयोगमा पक्राउ गरेर क्वारेन्टाइनमा राखेका छौं ।’ मेयर यादबले भने ।

पक्राउ परेका युवायुवती दुवै मुसहर समुदायका हुन् । पञ्चहरुले समाजिक नियम उल्लंघन गरेर भागेको आरोपमा केटा पक्षलाई डेढ लाख र केटी पक्षलाई १ लाख जरिवाना गरी विवाह गराउन लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । अभिभावकको सहमती बेगर विहे गर्दा पञ्चहरुले जरिवान तिराउने कार्य पटक पटक हुने गरेको छ।

घटनाको सन्दर्भमा इलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक दिपकबाबु केसीले भारतबाट फर्किएर आएका दुवैलाई कोरोना संक्रमणको शंकास्पद अवस्थामा क्वारेन्टाइन पठाइएको जानकारी दिए।

उनले भने, ‘विवाहको पछिल्लो चरणको कुरा हो, उमेर पुगेको नपुगेको भन्दा पनि क्वारेन्टाइनमा राख्नु कोरोना संक्रमणको निगरानी मात्र हो।’

राजधानी दैनिक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *