राजकुमार चार्ल्स आयुर्वेदिक उपचारबाट कोरोनाभाइरस मुक्त

डिसी नेपाल
२२ चैत २०७६ ८:३८

काठमाडौं। भारतका आयुर्वेद मन्त्री आयुष सिप्रद नायकले बेलायती राजकुमार चार्ल्स आयुर्वेदिक उपचारका माध्यमले कोरोनाभाइरसबाट मुक्त भएको दावी गरेका छन् । उनले बिहीबार एक पत्रकार सम्मेलनमा राजकुमार चार्ल्सको उपचार भारतीय डाक्टरले आयुर्वेदिक विधिबाट गरेको र उनी ठिक भएपछि यसले हजारौं वर्ष पुरानो आयुर्वेदिक उपचार पद्धतिलाई वैधता दिएको बताए ।

नायकले आफूलाई राजकुमार चार्ल्सको उपचार गर्ने डाक्टरले फोन गरेर यस्तो जानकारी दिएको बताएको इण्डियन एक्सप्रेसले लेखेको छ । ‘मलाई डा. आइज्याक मथाइको फोन आएको थियो, उहाँले बैंगलोरमा सौक्य आयुर्वेद रिसोर्ट चलाउनुहुन्छ’ नायकले भने ‘यहाँले आफूले आयुर्वेदिक विधिबाट राजकुमार चार्ल्सको उपचार गरेको र सफल भएको बताउनुभयो ।’ यो आयुर्वेदिक पद्धतिले कसरी काम गर्छ भन्ने उदाहरण मात्रै भएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *