कोरोनाभाइरस लकडाउन अर्थात महिला र पुरुष छुट्टाछुट्टै

डिसी नेपाल
२२ चैत २०७६ ९:२२

काठमाडौं। मध्य अमेरिकी देश पनामाले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन नयाँ र निकै रोचक उपाय अपनाएको छ । उसले लकडाउनको अवधिमा महिला र पुरुषलाई छुट्टाछुट्टै घरबाहिर निस्कने गरी समय तालिका निर्धारण गरेको छ । बुधबारदेखि लागू भएको यो नियम अनुसार अब त्यहाँ अत्यावश्यक कामका लागि महिलाहरु मात्र सोमबार, बुधबार र शुक्रबार घरबाहिर निस्कन पाउनेछन् । यी बारमा पुरुषहरु घरबाहिर निस्कन पाउने छैनन् ।

त्यस्तै पुरुषहरु मात्र मंगलबार, बिहीबार र शनिबार घरबाहिर निस्कन पाउनेछन् । यी बारमा कुनै पनि महिला घरबाहिर निस्कन पाउनेछैनन् । आइतबार महिला वा पुरुष कोही पनि घरबाहिर निस्कन पाउने छैनन् । यो लकडाउन कम्तीमा १५ दिनसम्म लागू हुने सरकारी अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । सैद्धान्तिक रुपमा यसअघि नै राष्ट्रिय क्वारेन्टाइन घोषणा गरेको यो मध्य अमेरिकी देशमा यो नयाँ नियमले त्यहाँको पुलिसलाई बाहिर निस्कने नागरिकको संख्या नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *