कोरोनाभाइरसका कारण वेश्यालय बन्द भएपछि…

डिसी नेपाल
२२ चैत २०७६ ९:५५

बर्लिन (रोयटर्स) । कोरोनाभाइरसका कारण वेश्यालयहरु बन्द तथा सीमाहरु पूरै सिल भएपछि जर्मनीमा कार्यरत हजारौं यौनकर्मीहरु घरबारविहीन भएका छन् । अहिले उनीहरु न घर फर्किन सकेका छन् न जर्मनीमै सजिलोसँग रहन सकेका छन् । झण्डै २ दशकदेखि वेश्यावृत्तिले वैधता पाएको यो देशमा प्रशासनले गत महिना कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि अत्यावश्यकभित्र नपर्ने व्यवसायहरु रेष्टुरेण्ट र नाइटक्लवसँगै वेश्यालयहरु पनि बन्द गर्ने निर्णय गरेको थियो ।

‘कोरोनाभाइर मेरो लागि ठूलो विपद्जतै भएको छ’ बोचुम शहरको पश्चिममा बस्ने र आफ्ना ग्राहकहरुमाझ निकोल नामले चिनिने पोल्याण्डकी एक यौनकर्मीले भनिन् ‘मार्चको मध्यदेखि मैले केही कमाउन सकेकी छैन र सुत्नको लागि कुनै ठाउँ छैन ।’ लकडाउनभन्दा अगाडि उनले आफ्नो वेश्यालयलाई ग्राहकसँग समय बिताउनको लागि एउटा कोठा लिएवापत दिनको ९० युरो तिर्ने गर्थिन् । तर, लकडाउनपछि उनी वेश्यालयकी म्यानेजरसँग बदै आएकी छिन् ।

जर्मनीमा यौनकर्मीलाई स्वरोजगारको रुपमा वर्गीकरण गरिन्छ र उनीहरु कर तिर्छन् । सैद्धान्तिक रुपमा उनीहरुलाई सरकारले फ्रिलान्सरलाई दिने आर्थिक सहयोग दिने वर्गभित्र राखिन्छ । ‘मैले आशा गरिरहेकी छु कि जब सेन्टरले मेरो कर फिर्ताको निवेदन स्वीकार गर्नेछ र मैले बेरोजगार सुविधा प्राप्त गर्नेछु’ निकोलले भनिन् ‘यस्तो भएमा म अपार्टमेन्टमा सर्न सक्नेछु ।’ तर, यहाँ कैयौं यौनकर्मीहरु गैरकानुनी छन् र निकोलजस्ता कैयौं कर तिर्नेहरु आफ्ना अधिकारको बारेमा अनभिज्ञ भएको अधिकारकर्मीहरु बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *