कोरोनाभाइरसले ६ मिनेटको फरकमा लियो ५१ वर्षदेखिका पति–पत्नीको ज्यान

डिसी नेपाल
२२ चैत २०७६ ११:३१

काठमाडौं। केही हप्ताअघिसम्म स्टुआर्ट र एड्रियन बेकर पूर्ण रुपमा स्वस्थ थिए । यो प्रेरणादायी जोडीले ५१ वर्षअघि बिहे गरेका थिए र फ्लोरिडाको ब्योन्टन बीचमा अवकाशपप्त जीवन बिताउँदै आएका थिए । दुवैलाई कुनै गम्भीर स्वास्थ्य समस्या थिएन। मध्य मार्चमा एक्कासी उनीहरु दुवैले बिरामी महसुस गरे । आइतबार यी दुवैले कोरोनाभाइरसका कारण संसार त्यागे, त्यो पनि केवल ६ मिनेटको फरकमा, उनीहरुका छोरा बड्डी बेकरले भने ।

सिएनएनका अनुसार स्टुआर्ट ७४ वर्षका र एड्रियन ७२ वर्षकी थिइन् । लामो समय एनएफएल एजेन्ट रहेका बड्डी बेकरले अहिले विश्वव्यापी कोरोनाभाइरस महामारीको गम्भीरताबारे विश्वलाई बुझाउन आफ्ना अभिभावक गुमाएको बारे सार्वजनिक रुपमा बोलिरहेका छन् । ट्वीटरमा भाइरस भइरहेको एक भिडियोमा उनले मानिसहरुलाई स्वास्थ्य अधिकारीले दिएको सामाजिक दूरी र घरमै बस्ने निर्देशन पालन गर्न आग्रह गरिरहेका छन् ।

‘जबसम्म यसले तपाइँलाई छुँदैन, वा तपाइँले चिनेको कसैलाई छुँदैन वा तपाइँले कसैको बारेमा थाहा पाउनुहुन्न तपाइँलाई यको गम्भीरता महसुस नहुन सक्छ’ एक्सक्लुसिभ स्पोर्टस ग्रुपमा अध्यक्ष तथा र्सिओ बेकरले भने ‘आशा छ मेरा अभिभावकको अन्त्य खेर जाने छैन ।’
सुरुमा यो परिवार आशावादी थियो । बेकरले उनका अभिभावकको मृत्यु हुँदासम्मका घटनाबारे सिएनएनसँग एक फोन कुराकानीमा बताए ।

करिब ३ हप्ताअघि आफुहरु अस्वस्थ भएको महसुस भएपछि स्टुआर्ट र एड्रिएन डाक्टरकहाँ गएका थिए । तर, उनीहरुलाई त्यतिबेला घर पठाइयो । केही दिनपछि पनि उनीहरुको स्वास्थ्यमा सुधार नभएपछि उनहिरुका डाक्टरले उनीहरुलाई अस्पताल जान भने । बेकरका अनुसार यतिबेला पनि अस्पतालले उनीहरुलाई घर पठायो र स्वास्थ्यमा सुधार नहुँदासम्म सेल्फ क्वारेन्टाइनमा बस्न भन्यो ।

‘यो विश्व् बन्द हुनुभन्दा अगाडि, एनसीएए प्रतियोगिता रद्द हुनुभन्दा पनि अगाडिको कुरा थियो त्यतिबेला तपाइँ सोच्नुहुन्न कि यो प्राणघातक हुन सक्छ’ बेकरले भने । उनका अनुसार उनका अभिभावकको जाँच नियमित भइरहेको थियो तर उनहिरुको स्थितिमा सुधार भइरहेको थिएन । उनीहरु एक दिन केही बिसेक भएजस्ता हुन्थे, भोलिपल्ट थिति फेरि खराब हुन्थ्यो । केही दिनपछि मार्च १९ मा उनहिरुलाई पुनः अस्पताल आउन भनियो ।

बेकरमा पिता स्टुआर्ट जसलाई ज्वरो थियो र दमका रोगी पनि थिए, उनलाई भर्ना गरियो । ज्वरो नभएकी उनकी आमालाई भने भर्ना गरिएन । बाहिर बिग्रिँदै गएको परिस्थितिका बावजुद बेकरले आफ्नो परिवार आशावादी रहेको बताए । उनीहरुले स्टुआर्टसँग फोनमा लगातार कुरा गरिरहेका थिए र यस्तो लाग्थ्यो कि उनले यो रोगलाई जित्नेछन् । करिब ४८ घण्टापछि उनका पितालाई आइसीयूमा सारियो । यद्यपि परिवार अझै आशावादी थियो । स्टुआर्ट ५० प्रतिशत अक्सिजनको स्थितिबाट ६० प्रतिशतमा पुगे, परिस्थिति सही दिशातर्फ बढिरहेको देखियो ।

त्यसपछि भने दम्पतीकै स्थिति बिग्रिन थाल्यो । त्यतिबेला बेकरकी आमा घरमा थिइन् । उनलाई ज्वरो वा गम्भीर लक्षण थिएन तर उनका पति अस्पतालमा छन् भन्ने कुराले उनलाई मानसिक रुपमा थिचेको थियो । ‘हामीलाई लाग्यो मेरा पिता ५ दिनसम्म उहाँ (आमा)बाट टाढा अस्पतालमा हुनुहुन्थ्यो र यो सब यही कारणले होला भन्ने हामीलाई लाग्यो किनकि उहाँहरुको जीवनमा यस्तो घटना प्रायः हुँदैनथ्यो’ बेकरले भने ।

बेकरका अनुसार उनी र उनकी बहिनी आमालाई भेट्न दिनमै केही पटक जान्थे । उनहिरु बाहिर ग्रोजमा बस्थे, आमा भित्र बस्थिन् । मार्च २४ मा उनीहरुलाई अस्पतालबाट फोन आयो । उनका पिता कोरोनाभाइरस पोजेटिभ देखिएका थिए र डाक्टरले उनका पिताले यसलाई जित्न सक्छन् जस्तो नदेखिएको बताए । यो फोन कल धक्का लाग्ने खालको थियो । उनीहरुले आफ्नी आमालाई यो खबर दिएर निराश बनाउन चाहँदैनथे ।

उनीहरुले सुरक्षात्मक उपाय अपनाएर आमालाई अस्पताल लैजाने निर्णय गरे । उनीहरुले आमाको पनि परीक्षण हुन सक्छ कि भन्ने हेर्न चाहन्थे किनकि उनकी आमामा ज्वरो वा अन्य लक्षण देखिएको थिएन । आमालाई परीक्षण गरेको ४५ मिनेटमा बेकरलाई डाक्टरले बोलाएर भने उनकी आमाको पनि अक्सिजन लेभल निकै न्यून छ र उनले पनि यसलाई जित्न सक्छिन् जस्तो देखिँदैन ।

अभिभावकको लगातार ‘अर्ग्यान फेलियर’ पनि उनीहरुले दुवैलाई काउन्सेल अफ मेडिकल प्रोफेसनल्सको हस्पाइस केयरमा सार्ने निर्णय गरे । दुवै दम्पतीलाई एउटै कोठामा राखियो र सहजताका लागि भेन्टिलेटर हटाइयो । एक अर्कासँग केही मिनेटको अन्तरमै दुवैले संसार त्यागे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *