कोरोनाभाइरसविरुद्ध चीनको ठूलो सफलता, मानिसमै गरिएको भ्याक्सिनको परीक्षण सफल !

डिसी नेपाल
२२ चैत २०७६ १५:२२

काठमाडौं। कोरोनाभाइरसविरुद्ध औषधी र खोप बनाउन जुटिरहेका विश्वभरीका देशहरुलाई उछिन्दै चीनले ठूलो सफलता हात पारेको छ । चीनबाटै सुरु भएको यो भाइरस नियन्त्रण अभियानमा पनि चीन नै सबैभन्दा अगाडि देखिएको हो । उसले यो भाइरसविरुद्ध बनाएको खोपको मानवमै गरेको परीक्षण सफल भएको हो । यससँगै अब यो भाइरस नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ ।

चीनले गएको १७ मार्चमा यो भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायल सुरु गरेको थियो । अहिले यो परीक्षणको एकदमै सकारात्मक रिपोर्ट आएको बेलायती पत्रिका डेलिमेलले लेखेको छ । चीनले यो भ्याक्सिनको क्लिनिकल ट्रायलको लागि १०८ स्वयंसेवकलाई छानेको थियो । यो परीक्षणका लागि छानिएका स्वयंसेवकमध्ये १४ जनाले खोपको परीक्षण अवधि पूरा गरिसकेका छन् । १४ दिनसम्म क्वारेन्टाइनमा राखिएपछि उनीहरुलाई आ–आफ्नो घर पठाइसकिएको छ । यी सबै परीक्षण चीनको वुहान शहरमा गरिएको छ जहाँबाट कोरोनाभाइरस फैलिन सुरु भएको थियो ।

भ्याक्स्निको परीक्षणपछि घर पठाइएका १४ जना नै पूर्ण रुपमा सुरक्षित र स्वस्थ पाइएका छन् । यीसबै जना अझै पनि मेडिकल निगरानीमै छन् । यो भ्याक्सिनलाई चीनको पिपुल्स लिबरेशन आर्मीकी सबैभन्दा बरिष्ठ वैज्ञानिक चेन वी र उनको टिमले विकास गरेको हो । परीक्षण गर्नका लागि छानिएका १०८ स्वयंसेवकहरु १८ वर्षदेखि ६० वर्ष उमेर समूहका छन् । यी सबैलाई तीन समूहमा बाँडिएको छ । तीनै समूहका स्वयेंवकहरुलाई भ्याक्सिनको फरक फरक मात्रा दिइएको छ । यी सबैलाई वुहान स्पेसल सर्भिस हेल्थ सेन्टरमा क्वारेन्टाइनमा राखिएको छ ।

यी सबैलाई फरक फरक दिन खोप दिइएकोले क्वोन्टाइन समय पूरा हुँदासम्म त्यहीँ बस्नुपर्नेछ र क्वारेन्टाइन अवधि पूरा भएपछि घर जान पाउनेछन् । आगामी केही हप्तामा सबै १०८ जना नै घर जान पाउनेछन् । क्वारेन्टाइन अवधि पूरा गरेर घर गइसकेका १४ जनालाई अझै ६ महिनासम्म मेडिकल निगरानीमा राखिनेछ । हरेक दिन उनीहरुको मेडिकल टेस्ट हुनेछ । यो ६ महिनामा यदि उनीहरुको शरीरमा कोरोनाभाइरसको संक्रमण भएमा उनीहरुको शरीरले कसरी प्रतिक्रिया दिन्छ भन्ने हेरिनेछ ।

जब उनीहरुको शरीरमा कोरोनाभाइरससँग लड्ने क्षमता विकास हुनेछ अर्थात उनीहरुको शरीरमा भाइरससँग लड्ने एन्टिबडी बन्न थाल्नेछ त्यसपछि उनीहरुको रगतको नमूना लिएर भ्याक्सिनलाई बजारमा पठाइनेछ । वैज्ञानिक चेन वीका अनुसार पहिलो परीक्षण लगभग सफल भएको छ । उनले यो भ्याक्सिनको क्षमता पूर्ण रुपमा थाहा भएपछि अन्तर्राष्ट्रिय स्तरमा सम्झौता गरेर विश्वभर पठाउने बताइन् ।




प्रतिक्रिया

3 thoughts on “कोरोनाभाइरसविरुद्ध चीनको ठूलो सफलता, मानिसमै गरिएको भ्याक्सिनको परीक्षण सफल !

  1. Hami jasto paranirvar muluka janata lai yo vanda khusi ko kura k huncha ra,chadai nai yo experiment ko positive result niskancha, ximeki ho European american haru ko jastai abasta nahos.VAGWAN

Leave a Reply

Your email address will not be published. Required fields are marked *