स्वास्थ्यकर्मीलाई धम्की दिने पक्राउ

डिसी नेपाल
२२ चैत २०७६ १८:०१

दैलेख । नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वाथ्यकर्मीलाई धम्की दिने दुई जना पक्राउमा परेका छन् । चिकित्सक दिपक सुवेदी सहितको स्वास्थ्यकर्मीलाई शुक्रबार स्वास्थ्य संस्था छोड्न धम्की दिने गणेश थापा र दिनेश चन्दलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय नौमुलेले जनाएको छ । उनीहरुले विरामीलाई किन उपचार नगरेको भन्दै चिकित्सकमाथि धम्की दिएको बताइएको छ ।

नौमुले गाउँपालिकाको आफ्नै घरमा लुकेरे बसेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको दैलेख जिल्लाका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए।

कोरोनो भाइरस (कोभिड –१९) को सम्भावित जोखिम हुँन नदिन सो स्वास्थ्य सस्थाको आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ । ती युवाले आफूहरुलाई अभद्र व्यवहार गरी स्वास्थ्य संस्था छाड्न धम्की दिएको चिकित्सक सुवेदीले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *