कोरोना महामारीः पाकिस्तानमा ४१ जनाको मृत्यु, श्रीलंकामा १६६ संक्रमित

डिसी नेपाल
२३ चैत २०७६ ११:५७

काठमाडौँ । कोरोना भाएरसको संक्रमणबाट पाकिस्तानमा ४१ जनाको ज्यान गएको छ । आइतबार मध्यान्हसम्म पाकिस्तानमा २ हजार ८ सय १८ जना संक्रमित भएका छन्। ३० हजार ३०८ जनाको कोरोना टेस्ट गर्दा यी संक्रमित फेला परेका हुन्।

जसमध्ये १३१ जना संक्रमित उपचार पछि घर फर्किएका छन् भने १३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्।

यस्तै अर्को छिमेकी मुलुक श्रीलंकामा हालसम्म १ सय ६६ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये ५ जना संक्रमितको ज्यान गएको छ । संक्रमित मध्ये २७ जना उपचारपछि घर फर्किएका छन्।

श्रीलंकाका संक्रमित मध्ये २७ जना मानिस उपचारपछि घर फर्किएका छन्। जसमध्ये ५ जना संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *