सभापति देउवाद्वारा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ सङ्क्रमणको सङ्कटबाट मुलुकलाई जोगाउन ऐक्यवद्ध भई कार्य गर्ने सम्बन्धमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन्।
उनले आइतबार पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दहाल, माधव नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग सो विषयमा टेलिफोनमा संवाद गरेका हुन्छ । संवादमा सभापति देउवाले आजको सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढङ्गले कार्य गर्न अपिल समेत गरेका थिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment