नेपाली क्रिकेटका ‘संकट मोचक’ बसन्त रेग्मीको जन्मदिन बिशेष

डिसी नेपाल
२४ चैत २०७६ १६:४०

काठमाडौं । नेपाली क्रिकेट टिममा बसन्त रेग्मीको नाम जहिलेपनि संकट मोचक खेलाडीका रुपमा चिनिन्छन । अलराउन्डर बसन्त बायाँ हाते ब्याट्सम्यान तथा बायाँ हाते अर्थोडक्स स्पिन बलर हुन् । उनले सन् २००६ मार्चमा नेपालका तर्फबाट नामिबियाविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट जगतमा डेब्यु गरेका थिए । बसन्त रेग्मीले विश्व क्रिकेट लिग खेलमा १०० विकेट लिने पहिलो खेलाडी पनि हुन ।

© ICC/Peter Lim

उनले यो कीर्तिमान बनाउन ४८ खेल खेलेका थिए । नेपाल क्रिकेट टिमका सदस्य एवम पूर्व कप्तान पारस खड्कका तुरुपका एक्का मानिने बसन्तलाई पारसले जब टिमलाई विकेट चाहियो, बल थमाउने गर्थे । कप्तान पारसको आशामा बसन्त रेग्मीले धेरै चोटी खरो उत्रिएका थिए । नेपालका सफल बलरको सूचीमा दर्जा हुने बसन्तले क्रिकेटमा लागेर जति पनि पाए, त्यसमा दुःखी हुने ठाँउ छैन ।

© Peter Della Penna

सन १९८६ अप्रिल ६ मा भैरहवामा जन्मेका रेग्मीले नेपालका लागी ४ एकदिवसीय, १८ टि २० अन्तराष्ट्रिय, ३९ लिस्ट ए र ४० टि २० खेलेका छन । यस क्रममा उनले कुल १ सय ३२ विकेट लिएका छन । उनले एकदिवसीयमा क्रिकेटमा २०१८ मा नेदरल्यान्ड बिरुद्ध डेब्यु गरेका थिए भने टि २० अन्तराष्ट्रियमा सन २०१४ को टि २० विश्वकपमा हङकङ बिरुद्ध डेब्यु गरेका थिए ।

भुड़े दाइ उपनामले प्रसिद्ध उनको उमेर बिस्तारै बढेतापनि बाघ बुढो भएपनि शिकार गर्न भुल्दैनू भनेझै उनको रन रोक्दै विकेट दिलाउने क्षमता अझै पूर्णरुपमा कायम नै छ र प्रदर्शनमा झन् निखार आइरहेको छ र आईरहोस । तिनै बसन्त रेग्मी (भुडे दाइ) को आज परेको जन्मदिनको परेको हुनाले डिसी नेपाल परिवार तथा सम्पूर्ण नेपाली क्रिकेट समर्थकको तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *