बेलायतमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्न दूतावासको सक्रियता

डिसी नेपाल
२४ चैत २०७६ २२:२३

लण्डन । लण्डनमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्ने बेलायतस्थित नेपाली दूतावासले सक्रियता देखाएको छ । सोमबार एक अनुरोध पत्र जारी गरी दूतावासले सहयोग गर्न तयार रहेको जनाएको छ ।

कोरोना भाइरसले विश्व महामारीको रुप लिइरहेका बेला बेलाएतमा रहेका नेपाली विद्यार्थी समस्यामा परेको खबर विभिन्न सञ्चार माध्यामहरुमा आए पछि दूतावासले यस्तो कदम चालेको छ ।

दुतावासले जारी गरेको पत्रमा कोरोनाका कारण समस्यमा परेका विद्यार्थीलाई सहयोग गर्न समिति गठन गरेको समेत जनाएको छ । ‘नेपालबाट बेलायतमा पढन भनि विभिन्न विश्वविद्यालयमा आएका नेपाली विद्यार्थीमा परेको र पर्न सक्ने समस्याका कारण यस्ता विद्यार्थीको विवरण तयार गर्ने पवन कंडेललार्य संयोजक तोकि समिति बनाइएको व्यहोरा जानकारी गराइन्छ’, पत्रमा उल्लेख छ ।

दूतावासमा आएका विवरण र समितिले संकलन गरेको विवरणलाई एकीकृत गरी गम्भिर समस्यामा रहेका विद्यार्थीलाई प्राथामिकतामा राखि सहयोग उपलब्ध गराईने पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा भनिएको छ , ‘नेपली विद्यार्थीहरुका समस्या समाधानको लागि यस राजदूतावासले वेलायत सरकारका सम्बन्धित निकाय र सम्बन्धित विश्वविद्यालयहरुमा समेत कुराकानी गरिरहेको छ । वास्तविक समस्यामा परेका र भविष्यमा समस्यामा पर्न सक्ने विद्यार्थीहरु भोकै रहनुपर्ने समस्या नहोस् भन्ने अभिप्रायले वेलायतमा रहनुभएका गैरआवासीय नेपाली संघ लगायत विभिन्न समाज, संघ, संस्था र समाजसेवीहरुमा सहयोगको लागि अनुरोध गरिन्छ’ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *