कपिलवस्तुको आइसोलेशनमा भर्ना भएका बिरामीको मृत्यु

डिसी नेपाल
२५ चैत २०७६ ७:४८

काठमाडाैँ । कोरोना भाइरस (कोभिड १९) को आशंकामा कपिलवस्तु अस्पतालको आइसोलेशनमा भर्ना गरिएका एक बिरामीको ज्यान गएको छ।

कपिलवस्तुको विजयनगर गाउँपालिका–२ जलैया घर भएका ३० वर्षीय गोवर्धन भरको सोमबार साँझ ८ बजेतिर ज्यान गएको अस्पताल स्रोतले जनाएको छ।

ज्वरो र खोकी आउने तथा छाती दुख्ने भएपछि चन्द्रौटास्थित स्थानीय मेडिकल हुँदै शुक्रबारदेखी कपिलवस्तु अस्पतालको आइसोलेशनमा उपचार भइरहेको थियो ।

फोक्सो र मुटुले काम गर्न छाडेपछि भरको मृत्यु भएको बताइएको छ । कोरोनाको आशंका गरिएका भरको स्वाब परीक्षणका लागि बुटवलमा पठाईएको छ । उनको कोरोना टेस्ट रिपोर्ट भने आउँन बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *