ओमनले प्रवासी कामदारलाई आफ्नै देश फर्काउने प्रक्रिया थाल्यो
काठमाडौं। ओमन सरकारले आफ्नो देशमा कार्यरत विदेशी कामदारहरुलाई आफ्नै देशमा फर्किने वातावरण तयार पार्न प्रयास सुरु गरेको छ । देशमा कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि अहिलेसम्म गरिएका प्रयास पर्याप्त नभएको ठहर गर्दै यहाँको परराष्ट्र मन्त्रालयले विदेशी कामदारलाई आफ्नै देश फर्किनको लागि सहज वातावरण बनाउनेतर्फ प्रयास सुरु गरेको अल इक्विटिसाडिमा समाचार छ ।
मन्त्रालयले प्रवासी कामदारलाई आफ्नै देशमा फर्किनको लागि सहज वातावरण बनाउने घोषणा गरे पनि कामदारलाई फर्काउन त्यति सहज भने छैन । मन्त्रालयले प्रवासी कामदारको कुनै पनि अधिकार हनन नहुने गरी उनीहरुलाई स्वदेश फर्काउनेतर्फ प्रयास सुरु गरिएको जनाएको छ । यहाँ सबै प्रकारका उडान बन्द गरिएको छ, लकडाउनले समेत प्रवासी कामदारलाई असहज बनाइरहेको छ र उनीहरु यहाँ काम बिना फसिरहेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment