स्विस आइस हक्की स्टार रोजर चापोटको कोविड १९ को कारण निधन

डिसी नेपाल
२६ चैत २०७६ १२:४१

काठमाडौं । स्विजरल्याण्डका लागि १०० भन्दा बढी खेल खेलेका पूर्व आइस हक्की खेलाडी रोजर चापोटको कोविड १९ को कारण ७९ वर्षको उमेरमा निधन भएको छ ।

अन्तर्राष्ट्रिय आईस हॉकी महासंघ (आईआईएचएफ) का अनुसार चापोट दुई हप्ता अघि अस्पताल बाट उपचार गराएर घर फर्केको थिए । अप्रिल १ मा उनको स्वास्थ्य अवस्था एक्कासी बिग्रिएपछि उनलाई आपतकालीन मेडिकल वार्डमा भर्ना गरिएको थियो र त्याहाँ उनको निधन भएको थियो ।

आईआईएचएफका अनुसार चापोट स्विट्जरल्याण्डका फ्रान्सेली भाषा क्षेत्रका एक अनुभवी हक्की खेलाडी थिए साथै उनी ६० को दशकमा शताब्दीकै सर्वश्रेष्ठ खेलाडीमध्ये एक भनेर चिनिन्थे । अन्तराष्ट्रिय आईस हक्कीलाई उनको निधनले ठुलो चोट पुगेको आईआईएचएफले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *