कोरोना राहत कोषमा उद्योग वाणिज्य महासङ्घको सहयोग

डिसी नेपाल
२६ चैत २०७६ २३:५८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले आफ्ना देशैभरका जिल्ला नगर उद्योग वाणिज्य सङ्घमार्फत स्थानीय स्तरमा गरिने सहयोगका लागि प्रत्येकलाई पचास-पचास हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

महासङ्घका अध्यक्ष भवानी राणाको अध्यक्षतामा हिजो बसेको पदाधिकारी बैठकले देशभर रहेका एक सयभन्दा बढी जिल्ला नगर उद्योग वाणिज्य सङ्घलाई प्रत्येकलाई पचास/पचास हजारका दरले सो रकम उपलब्ध गराउने निर्णय भएको उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । देशका जिल्ला तथा नगर सङ्घमार्फत स्थानीय स्तरमा खाद्यान्न, मास्कलगायतको सहयोग उपलब्ध गराउन थोरै भए पनि सहयोग पुगोस् भनेर रकम पठाउने निर्णय गरिएको ढकालले बताए ।

यसैगरी महासङ्घले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा रु पचास लाख सहयोग गरेको छ । नेपाल सरकारद्वारा स्थापित सो कोषमा उक्त रकमको चेक हस्तान्तरण गरेको महासङ्घले जनाएको छ । महासङ्घले उक्त रकमका अतिरिक्त केही खाद्यान्नलगायतका सामग्रीहरु पनि सहयोग गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *