बेलायतमा एकै दिन तीन नेपालीको कोरोनाभाइरसका कारण मृत्यु

डिसी नेपाल
२७ चैत २०७६ ८:५२

काठमाडौं। कोरोनाभाइरका कारण एकै दिन बेलायतमा तीन जना नेपालीले ज्यान गुमाएका छन् । पछिल्लो समय बेलायतको नटिङघममा बस्ने भूपू गोर्खा सैनिक शिव श्रेष्ठको निधन भएसँगै बुधबार एकै दिन ज्यान गुमाउने नेपालीको संख्या ३ पुगेको हो । यसअघि बुधबार नै थप २ जना नेपालीले ज्यान गुमाइसकेका छन् ।

श्रेष्ठको स्थानीय अस्पतालमा उपचारका क्रममा बुधवार दिउँसो निधन भएको हो । ५८ वर्षका श्रेष्ठ नेपालको सोलुखुम्बुका हुन् । उनी १ हप्तादेखि आइसोलेसनमा थिए । बुधबार नै लण्डनको नर्थविक पार्क अस्पतालमा अन्य २ जना नेपालीको पनि निधन भएको छ । ५९ वर्षका भूपू गोर्खा सैनिक चेतप्रसाद गुरुङ र अर्का एक नेपालीको निधन भएको हो। अर्का नेपालीको पहिचान खुलेको छैन । यसअघि बेलायतमा अन्य २ जना नेपालीको कोरोनाभाइरसका कारण निधन भएको छ । यससँगै बेलायतमा कोरोनाभाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या ५ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *