कोरियाका कार्यरत नेपाली कामदारको भिसा थप
काठमाडौं। ईपीएस प्रणाली अन्तर्गत कोरियामा कार्यरत भिसा सकिने लागेका नेपाली कामदारको भिसा कोरिया सरकारले थप गर्ने भएको छ। इपीएस अन्तर्गत कोरियामा कार्यरत नेपाली युवा कामदारको भिसा सकिन लागेको थियो।
केही युवा भिसा सकिएपछि टिकट लिएर घर फर्किने तयारीमा थिए। तर कोरोना संक्रमणका कारण कोरिया सरकारले भिसा सकिएका नेपाली कामदारको भिसा थप गर्ने निर्णय गरेसँगै भिसा सकिएका नेपालीले राहत महशुस गरेका छन्।
तत्काल भिसा सएिकोको भिसा थप गर्ने र भिसा सकिनेको पनि भिसा थप गर्ने कोरिया सरकारले निर्णय गरेको छ।
इपिएस प्रणाली अन्तर्गत कोरियामा कार्यरत भिसा सकिने लागेका नेपाली कामदारको भिसा कोरिया सरकारले थप गर्ने भएको छ।
इपिएस कोरिया शाखाका निर्देशक कृष्ण प्रसाद खनालका अनुसार अनुसार भिसा सकिएका कामदारको भिसा थप भएको जानकारी प्राप्त भएको जानकारी दिए।
नेपालबाट दक्षिण कोरियाले इपिएस प्रणालीमार्फत हरेक वर्ष नेपाली कामदार लौजाने गरेको छ। पाँच वर्षका लागि कोरिया जाने नेपाली कामदारको संख्या अहिले करिव ४६ हजारको हाराहारीमा रहेको छ।
कोरोया पनि कोरोना संक्रमित मुलुक हो। तर कोरियाले विना लकडाउन कोरोना संक्रमण नियन्त्रण गर्न महत्वपूर्ण सफलता प्राप्त गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment