नेपाल फर्कने तयारीमा रहेका गुरुङले कुवेतमा गरे आत्महत्या

माधब शाही
२७ चैत २०७६ १९:२३

कुवेत । कुवेतमा एक नेपालीले आत्महत्या गरेका छन् । लमजुङका ४१ वर्षीय आइत बहादुर गुरुङले बुधवार स्थानीय समय अनुसार बेलुका ५ बजे आत्महत्या गरेका हुन् ।

कुवेतको मेश अल्गानियम कम्पनीको भान्सामा रोजगारी गर्दै आएका गुरुङले बुधवार आत्महत्या गरेको प्रारम्भिर रिपोर्ट आएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ । यद्यपी उनको पोस्टमार्टम रिपोर्ट आइसकेको छैन् । घटनाबारेमा कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

५ वर्षअघि कुुवेत आएका गुरुङका नेपालमा श्रीमती र २ बच्चा छन् । गुरुङ कम्पनीबाट हिसाब मिलाएर बिदामा घर फर्कने तयारीमा थिए । तर, नेपाल सरकारले कोरोनाको संक्रमणलाई रोक्न भन्दै अन्तराष्ट्रिय उडानहरुमा प्रतिबन्ध लगाएपछि उनी स्वदेश फर्कन पाएका थिएनन् ।




प्रतिक्रिया

One thought on “नेपाल फर्कने तयारीमा रहेका गुरुङले कुवेतमा गरे आत्महत्या

  1. Sad news sarkalharle aba grna khojekai yahe hola sayad aba remitance rokiyasi janatako k maya aafu bache vaihalo nee

Leave a Reply

Your email address will not be published. Required fields are marked *