बेलायतमा कोरोनाभाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या ७ पुग्यो

डिसी नेपाल
२८ चैत २०७६ ८:२९

लण्डन। कोरोनाभाइरसका कारण बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ७ पुगेको छ । पछिल्लो पटक एकै दिन २ नेपालीको ज्यान गएपछि यहाँ ज्यान गुमाउने नेपालीको संख्या ७ पुगेको हो । यसअघि बुधबार एकै दिन ३ जनाको मृत्यु भएपछि यहाँ ज्यान गुमाउने नेपालीको संख्या ५ पुगेको थियो ।

यहाँ ज्यान गुमाउने पछिल्ला २ जना नेपालीमध्ये एक जना मेघहादुर गुरुङ भएको बताइएको छ । अर्का एक जनाको भने परिवारले पहिचान खुलाउन चाहेका छैनन् । मृत्यु प्रमाणपत्र जारी भइ परिवारसम्म नपुगिसकेकोले उनको पहिचान नखुलाइएको बताइएको छ ।

यसअघि नटिङघममा बस्ने भूपू गोर्खा सैनिक शिव श्रेष्ठको निधन भएसँगै बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ५ पुगेको थियो । श्रेष्ठको स्थानीय अस्पतालमा उपचारका क्रममा बुधवार दिउँसो निधन भएको थियो । बुधबार नै लण्डनको नर्थविक पार्क अस्पतालमा अन्य २ जना नेपालीको पनि निधन भएको थियो ।

५९ वर्षका भूपू गोर्खा सैनिक चेतप्रसाद गुरुङ र केदार पन्तको निधन भएको हो। यसअघि बेलायतमा अन्य २ जना नेपालीको कोरोनाभाइरसका कारण निधन भएको थियो । सबैभन्दा पहिले लीलाबहादुर राईको मृत्यु भएको थियो । त्यसपछि प्रशान्त अर्यालको मृत्यु भएको थियो । यससँगै बेलायतमा कोरोनाभाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या ७ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *