लकडाउनमा ग्रिनसिटी बन्दै काठमाडौं (फोटो फिचर)

डिसी नेपाल
२८ चैत २०७६ १०:३३

एसके शर्मा, काठमाडौं । झण्डै २ दशकअघि रामकृष्ण ढकालको स्वरमा रेकर्ड भएको एउटा राष्टिय गीत निकै चर्चित छ – ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्, यी हातले सधैं सधैं नेपाल लेख्न पाइयोस ।

सम्भवतः त्यो समयमा नेपालको परिवेश पनि यो गीत जस्तै थियो होला त्यही भएर गीतकार कालीप्रसाद रिजाललाई पनि यो गीत रचना गर्न सजिलो भएको थियो ।

तर अहिले नेपालको खासगरी काठमाडौं उपत्यकाको अवस्था त्यस्तो छैन । अहिले यो गीत सुन्दा त्यो परिवेशको कल्पना गर्न सकिन्छ त्यसको साकार रुप देख्न पाइँदैन ।

विगत केही वर्षयता काठमाडौं एशियाकै सबैभन्दा प्रदूषित शहरमध्येको एक बनेको छ । साथै विश्वको तेस्रो प्रदूषित शहर समेत बनेको छ । कुनै समय विश्वका सुन्दर शहरमा पर्ने काठमाडौं पछिल्लो समय अव्यवस्थाको पर्याय बन्दै गएको छ ।

भौगोलिक, साँस्कृतिक र पुरातात्विक महत्वले भरिपूर्ण शहर भएर पनि अव्यवस्थित सडक र बस्ती, तथा प्रदूषित वातावरण र सार्वजनिक स्थानको दुरावस्थाले अस्तव्यस्त बनेको हो ।

केही समयअघि एउटा विदेशी सर्वेक्षणले काठमाडौंलाई संसारभरका घुम्न लायक शहरहरुको सूचीमा पाँचौं स्थानमा सुचीकृत ग¥यो । थोरै भूभाग ओगटे पनि काठमाडौंमा प्रचुर प्राकृतिक र साँस्कृतिक विविधता भएकाले काठमाडौंलाई घुम्नलायक शहरको सूचिमा राखिएको हो ।

केहीसमय अघिदेखि कोरोना भाइरसको प्रकोप न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनका कारण काठमाडौं उपत्यकाका सडकहरु सुनसान छन् ।

यहाँका चोक, गल्ली, पाटीपौवा र ठूला ठूला सडकहरु सुनसान छन् । ती सुनसान सडक, चोक, गल्ली, पाटीपौवाहरुले नेपालको लकडाउन कहिले खुल्छ भनेर कुरिरहेका छन् । तर, यो लकडाउनको कारणले गर्दा काठमाडौं उपत्यकाको सौन्दर्य पनि उत्तिकै बढदै गएको छ ।

यहाँका बाटोहरु उत्तिकै सफा हुँदै गएका छन् । बाटोमा रहेका कलकलाउदा फूल र बोटबिरुवाहरु अहिले तङग्रिदै गएका छन् । लाग्छ काठमाडौं अहिले विश्वका सुन्दर शहरहरुमध्ये एक बन्दै गएको छ ।

तर हामीलाई थाहा छ कि काठमाडौको यो सुन्दरता केही समयको लागि मात्रै हो । जब लकडाउन खुल्नेछ फेरि यो शहर पहिलाको जस्तै हुनेछ, कुरुप र धुलोधुवाँले भरिएको । के काठमाडौं सुन्दर हुन लकडाउन नै हुनपर्ने ?

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई स्मार्ट सिटी बनाउने घोषणा त गरे । उनले गरेको यो घोषणा सम्भव पनि छ ।

जसको उदाहरण हामीले अहिलेको सुन्दर काठमाडौं उपत्यका लाई देखेर भन्न सक्छौ तर गत दुई हप्ता देखि काठमार्डौ ग्रिन सिटी हुदै गएको छ के त्यसलाई लकडाउन सकेपछि सम्बन्धित निकाय हरुले यथावत राख्न सक्लान ?

काठमाडौं सफा र सुन्दर हुनलाई ठूलै कायापलट हैन बरु सरकारले निश्चित योजना बनाएर काम गर्यो भने अवश्यनै काठमार्डौ संसारकै सुन्दर शहर मध्ये एक हुनेछ । काठमाडौं उपत्यकामा अहिले देखिएको परिवर्तनले यही कुराको संकेत गरिरहेको छ ।

तस्वीरहरु ः एसके शर्मा, रमण मानन्धर

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *