दिल्लीमा अलपत्र २ सय नेपालीहरुलाई खाद्यान्न वितरण

डिसी नेपाल
२८ चैत २०७६ ११:२१

नयाँ दिल्ली। भारतको राजधानी दिल्लीमा समस्यामा परेका नेपालीहरुलाई राहत सामग्री वितरण गरिएको छ । नयाँ दिल्लीको गरिब बस्ती भनेर चिनिने शालीमारबागमा बिहीबार इविन्जेल बाइबल चर्च, इन्जा, बीएन वाईसी र साकेत सोसाइटीको सहकार्यमा उनीहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको हो । राहत सामग्री बिहीबार बिहान संगम बिहार, आया नगर मज्नुका टीला, शालीमारबाग र मुनिरकामा खाना नपाएर समस्यामा परेका नेपालीहरुलाई बाँडिएको थियो ।

‘कोभिड–१९ रिलीफ प्रोग्राम’ नामले सुरु गरिएको यस राहत सामग्री वितरण कार्यमा मुख्यत नेपाली पीडि़तहरुलाई मात्र सम्मलित गरिएको हो । तर भोकले नत नेपाली भन्छ न गैरनेपाली त्यसैलै खाद्यान्न सामग्री नेपालीसहित भारतीय पीडि़तहरुलाई पनि वितरण गरिएको थियो। दिल्लीको विभिन्न ठाउँमा २ सय नेपालीहरुले सहयोग पाएका हुन । जसमा प्रत्येक व्यक्तिलाई ५ केजी चामल, २ केजी दाल, १० प्याकेट बिस्कुट, ५ प्याकेट चाउचाउ र १ केजी नुन बाँडिएको थियो । त्यस्तै एम्स र संगम बिहार रोडमा बसिरहेका पीडि़तहरुलाई नगद रकम पनि सहयोग गरिएको थियो ।

अन्तर्रा्ष्ट्रिय नेपाली पत्रकारहरुको संजाल इन्जा इन्जा इंडियाले संघ संस्थाका साथ सहकार्य गर्दै नेपाली पीडि़तहरुलाई उनकै स्थानमा सहयोग पुर्यादै आइरहेको छ । सीमापुरी १० जना नेपाली, मोतीबागमा ८ जना, नोएडा सींगो पीडि़त परिवारहरुले यस अभियान मार्फत राहत सहयोग पाएका छन ।

दिल्लीमा इन्जा परिवार सदस्यहरु निरंतर ग्राउण्डदेखि नै पीडि़तहरुको समस्या कभरेजका साथै सहयोग गरि रहेका छन । त्यस्तै मुम्बईमा इन्जा सदस्य अशोक शाही र दर्पण रोकाले मुम्बई प्रहरी र संघ संस्थाको सहयोगमा पीडि़तहरुलाई उद्धार गर्न भुमिका खेलिरहेका छन् ।

२२ मार्चको एकदिने जनता कर्फ्यू लगत्तै भारत सरकारले आइपीसी धारा १४४ लागू गर्दै लकडाउन तथा कर्फ्यू घोषणा गरेपछि भारतमा विभिन्न स्थानमा नेपालीहरु अलपत्र परेका छन । राजधानी दिल्लीलगायत भारतभर होटल, कलकारखाना, सपिङ मल पूर्णरुपमा बन्द भएका छन् । यसले दैनिक ज्याला गरेर खानेहरुको रोजगारी नै गुमेको छ ।
काम नभएपछि उनहिरुसँग नेपाल जाने बाहेक अर्को विकल्प थिएन तर लकडाउनका कारण सवारी साधन पनि बन्द भएपछि उनीहरु भारतमै फसेका छन् । शालीमारबागमा बाहिर राज्यदेखि आएका पीडि़तका साथै त्यहीँ बस्ने नेपाली पनि समस्यामा छन। त्यसमध्ये धेरैजसो सुदूरपश्चिमका छन् । उनीहरुले दैनिक ज्यालादार र घरमा सरसफाइको काम गरेर आफ्नो जीवन निर्वाह गरी रहेका थिए । तर एक्कासि करोनाको त्रासले उत्पन्न समस्याले गर्दा यहाँका नेपाली पूर्णरुपमा दाताहरुले दिएको सहयोगमा बिहान बेलुकीको छाक टार्न बाध्य भएका छन् ।

दिल्लीमा दिनप्रतिदिन कोरोनाको संक्रमण तीव्र गतिमा बढ्दै गएको छ । भारत सरकारले संक्रमित भेटिएका क्षेत्र पूर्णरुपमा सिल गरेको छ । यो अवस्थामा बाहिरि रोडमापनि जनताहरुलाई प्रतिबन्ध लगाउँदा दाताहरुलाई पीडि़तसम्म सहयोग पुर्याउन समेत समस्या परेको छ । सिक्किम निवासी नेपाली सञ्जय तामाङ (दिल्ली पुलिस स्पेशल कमांडो ), भारतीय सेनामा कार्यरत नेपाली युवा आराम गुरुङ र डिसी नेपाल पत्रकारको सहयोगले गर्दा भारतीय सुरक्षा प्रशासनले राहत वितरण गर्न अनुमति दिएको हो । ६० किमीको यात्रा भारतीय सेना र दिल्ली प्रहरीले राहत सामग्री वितरण गर्न विशेष सहयोग तथा सुरक्षा दिएको थियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *