२४ घण्टामा अमेरिकामा २०४३ जनाको मृत्यु, ५ लाख बढी संक्रमित

डिसी नेपाल
२९ चैत २०७६ ७:१४

काठमाडौँ । कोरोना भाइरसको महामारीबाट अमेरिकामा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ४३ जना संक्रमितको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो सँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या १८ हजार ७ सय २५ पुगेको छ।

यो समाचार पार्दासम्म अमेरिकामा ५ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ३३ हजार ७ सय ५२ जना संक्रमित फेला परेका छन् । यो सँगै संक्रमितको संख्या ५ लाख २ हजार ३ सय १८ पुगेको छ ।

अमेरिकामा हालसम्म २७ हजार ३ सय १४ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । र, १० हजार ९ सय १७ जनाको गम्भीर अवस्थामा उपचार भईरहेको छ ।

यस्तै विश्वभर कोरोनाको संक्रमणबाट १६ लाख ९७ हजार ८ सय ४८ जना संक्रमित भएका छन् । जसमध्ये १ लाख २ हजार ६ सय ९६ जनाको ज्यान गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *