भारतमा एकै परिवारका ८ सहित १२ नेपाली कोरोना संक्रमित

डिसी नेपाल
२९ चैत २०७६ ७:३९

काठमाडौँ । भारतमा एकै परिवारका ८ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या १२ पुगेको हो । यसअघि भारतमा ४ जना नेपालीमा कोरोना पुष्टी भएको थियो ।

एउटै परिवारका यति धेरै सदस्यमा कोरोना संक्रमण देखिएको यो पहिलो घटना हो। यो नेपाली परिवार मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको थियो ।

सुदूरपश्चिमको अछाम स्थायी घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए ।

परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमतीहरू र चार जना छोराछोरीमा संक्रमण देखिएको पारिवारिक स्रोतले जनाएको छ।

स्रोतका अनुसार, मुम्बईकै कस्तुरवा अस्पतालमा कोरोना परीक्षण गर्दा परिवारका ११ जना सदस्यमध्ये ८ जनामा कोरोना भोजेटिभ देखिको हो ।

अन्य ३ जनामा भने कोरोना नेगेटिभ देखिएको छ ।

हालसम्म भारतमा ७ हजार ६ सय जना कोरोना संक्रमित भेट्टिएका छन् । जसमध्ये २४९ जनाको ज्यान गइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *