कोरोना प्रकोपका बीच किन टाउकोको मूल्य तोक्दैछन् ट्रम्प ? सवा अर्ब मूल्य तोकिने व्यक्ति को हुन् ?

डिसी नेपाल
२९ चैत २०७६ १५:२१

वाशिङटन। अमेरिका कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै प्रभावित छ । यहाँ संक्रमितको संख्याले ५ लाख नाघिसकेको छ । मृत्यु हेनेको संख्या पनि लगभग अहिलेसम्म सबैभन्दा धेरैको मृत्यु भएको देश इटलीको नजकै पुगिसकेको छ । गएको २४ घण्टामा अमेरिकामा भएका मृत्युको संख्या हेर्दा आगामी २४ घण्टामै अमेरिकाले इटलीलाई उछिन्ने दुखद संकेत देखिएको छ । तर, यस्तो महामारीका बीचमा अमेरिकाले शुक्रमार एउटा घोषणा गरेको छ जसलाई चासोपूर्वक हेरिएको छ ।

अमेरिकाले शुक्रबार एक व्यक्तिको टाउकोको मूल्य तोकेको छ । ती व्यक्तिको बारेमा सूचना दिनेलाई १ करोड अमेरिकी डलर (१ अर्ब २१ करोड नेपाली रुपैयाँ) पुरस्कार दिने घोषणा गरिएको छ । लेबनानी हिजबुल्लाह कमाण्डर शेख मुहम्मद अल कावथरानीको टाउकोको मूल्य तोकिएको हो । कावथरानीका गतिविधि, नेटवर्क र सहयोगीहरुको बारेमा जानकारी दिनेलाई १ करोड डलर पुरस्कार घोषणा गरिएको छ । रोयटर्सका अनुसार यी कमाण्डरले इराकमा इरान समर्थित समूहहरुलाई समन्वय गर्ने गरेको बताइएको छ ।

अमेरिकी विदेश विभागले एक बयानमा भनेको छ ‘कावथरानी इराकमा लेबनान शिया आन्दोलनका एक बरिष्ठ अधिकारी हुन् जसले इरान गठबन्धन अर्धसैनिक समूहहरुका केही राजनीतिक समन्वयलाई पूर्वसँग जोडेका थिए जसलाई पहिले कासिम सुलेमानीले आयोजना गरेका थिए ।’ अमेरिकाका अनुसार कावथरानीलाई २०१३ देखि नै कालो सूचीमा राखिएको थियो । अमेरिका हिजबुल्लाहलाई आतंकवादी संगठन मान्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *