मध्यपूर्व तथा खाडी मुलकहरुमा रहेका नेपाली राजदूतहरुले १ महिनाको तलब राहत कोषमा जम्मा गर्ने

डिसी नेपाल
३० चैत २०७६ १४:३३

काठमाडौँ । मध्यपूर्व तथा खाडी मुलकहरुमा रहेका नेपाली राजदूतहरुले आफ्नो एक महिना बापतको तलब सरकारद्वारा स्थापित राहत कोषमा जम्मा गर्ने भएका छन् । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण तथा रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मध्यपूर्व तथा खाडी देशहरूमा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।

इजरायल, इजिप्ट, कतार, कुवेत, बहराइन,ओमन, यूएई, साउदी अरब र पाकिस्तानमा रहेका राजदूतहरुले शनिबार आफूहरुको एक महिना बापतको तलब राहत कोषमा जम्मा गर्ने संयुक्त निर्णय गरेका हुन् ।

इजरायलका लागि नेपाली राजदूत डा अन्जान शाक्य, इजिप्टका लागि झविन्द्रप्रशाद अर्याल, कतारका लागि नारदनाथ भारद्वज, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, ओमनका लागि शर्मिला पराजुली ढकाल, यूएईका लागि कृष्ण प्रसाद ढकाल, साउदी अरबका लागि महेन्द्रप्रसाद सिंह राजपुत र पाकिस्तानका लागि सेवा लम्सालले एक महिनाको तलब राहत कोषमा सहयोग गर्ने भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *