साउदी अरबमा लगाइएको कर्फ्यु अनिश्चतकालकोे लागि लम्बियो

डिसी नेपाल
३० चैत २०७६ १५:१३

रियाद । साउदी अरबमा लगाइएको कर्फ्युको अवधि लम्बाइएको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न साउदीले गत मार्च २३ मा जारी गरेको २१ दिने कर्फ्युको अवधि अर्को सूचना नआएसम्मका लागि लम्ब्याइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि थप सावधानी अपनाउन आवश्यक भएकाले कर्फ्यु थप गरिएको र विभिन्न १३ क्षेत्रहरुबीचको आवागमनमा लागेको प्रतिवन्ध समेत यथावत रहेको दूतावासले जनाएको छ ।

दूतावासले नेपालीहरुलाई कर्फ्यूको समयलाई पूर्ण पालना गर्न अनुरोध गरेको छ । सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्कन अपिल गरेको छ ।

त्यस्तै कर्फ्यु पालना वा उल्लंघन सम्बन्धी कुनैपनि भिडियोहरु, नकरात्मक टिकाटिप्पणी सामाजिक संजालमा नराख्न पनि दूतावासले अनुरोध गरेको छ । यहाँको सरकारले कर्फ्यूको उल्लंघन गरेमा कडा कारबाही गरिने पनि जनाएको छ ।

हालसम्म साउदी अरबमा ४ हजार ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ४ जना नेपाली नागरिक पनि थिए । तर,उनीहरुमध्ये ३ जना उपचारपछि निको भैसकेको दूतावासले जनाएको छ । साउदी अरबमा कोरोना भाइरसले ५२ जनाको ज्यान लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *