नेपाल भारत महिला मैत्री समाजद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
धनुषा । कोरोना भाइरस नियन्त्रण रोकथाम तथा उपचारका लागि नेपाल भारत महिला मैत्री समाजले प्रदेश २ सरकारलाई झण्डै रु १४ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले उक्त सामग्रीहरु आज मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेकी हुन्।
मुख्यमन्त्री निवासमा हस्तान्तरण गरिएको उक्त स्वास्थ्य सामग्रीमा पिपिई १५० थान, ग्लोब्स चार हजार २५०, सानिटाइजर ५०० एमएलको ८४ बोतेल, स्प्रे टैंक १० र सर्जिकल मास्क दुई हजार थान रहेको छ । समाजले प्रदान गरेको स्वास्थ्य सामग्री आजै विभिन्न अस्पतालमा पु¥याइने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment