कोरोना कोषमा हिमालय एयरलाइन्सको एक करोड सहयोग

डिसी नेपाल
३० चैत २०७६ २२:१७

काठमाडौं । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्सले कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ । एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईमार्फत उक्त सहयोग रकम हस्तातरण गरेको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसैगरी नेपाल पर्वतारोहण सङ्घले पनि कोभिड–१९ रोकथाम तथा नियन्त्रणका निम्ति सरकारले स्थापना गरेको उपचार कोषमा रु पाँच लाख सहयोग गर्ने भएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै सहयोग रकमले कोभिड सङ्क्रमण नियन्त्रण रोकथाम, नियन्त्रण तथा उपचारका साथै पर्यटनको क्षेत्रमा रहेका विपन्न र न्यून आय भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवम् उपभोग्य सामग्रीका निम्ति सहयोग पुग्ने विश्वास लिइएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *