काठमाडौंको सनसिटी अपार्टमेण्ट सिलबन्दी, ३ जना आइसोलेशनमा भर्ना

डिसी नेपाल
१ वैशाख २०७७ १८:३५

काठमाडौं । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने तीन जना आइसोलेशनमा भर्ना भएपछि प्रहरीले अपार्टमेण्ट सिलबन्दी गरेको छ ।

१५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि प्रहरीले अपार्टमेण्ट सिबन्दी गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । स्रोतका अनुसार उक्त परिवार चैत ५ गते लण्डनबाट नेपाल आएको थियो ।

अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ । प्रहरीले उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *