किर्तिमानी पौडीबाज गौरिकाका पितालाई कोरोना संक्रमणको आशंका, पूरै परिवार क्वारेन्टाइनमा

डिसी नेपाल
२ वैशाख २०७७ ९:०५

काठमाडौं। किर्तिमानी नेपाली पौडिबाज गौरिका सिंहका पितालाई कोरोनाभाइरसको संक्रमण भएको आशंका भएपछि पूरै परिवार २ हप्ताको लागि क्वारेन्टाइनमा बसेको छ । यद्यपि गौरिकाले आफूहरुको क्वारेन्टाइन अवधि पूरा भएपछि मात्रै यसको जानकारी दिएकी हुन् । उनले नेपाली नयाँ वर्षकै दिन आफ्नो परिवारको १४ दिने क्वारेन्टाइन पूरा भएको जानकारी दिएकी छिन् । उनले फेसबुकमार्फत नयाँ वर्षको शुभकामना दिँदै नयाँ वर्षकै दिन आफुहरुको क्वारेन्टाइन अवधि पूरा भएको खुलासा गरेकी हुन् ।

गौरिकाका पिता पारस सिंह डाक्टर हुन् । उनी पनिक कोरोनाभाइरस संक्रमितको उपचारमा खटिएका छन् । यही क्रममा उनीमा कोरोनाभाइरसको लक्षण देखिएपछि संक्रमणको आशंकामा पूरै परिवार क्वारेन्टाइनमा बसेको उनले उल्लेख गरेकी छिन् । उनले यो २ हप्ताको अवधि निकै डरलाग्दो भएको बताएकी छिन् । पूरै परिवारको फोटो पोस्ट गर्दै उनले अहिले भने उनका पिता रिकभर भएको बताएकी छिन् ।

उनले यो भाइरसको संक्रमण फैलिन नदिन घरभित्रै बस्न आग्रह गर्दै लेखेकी छिन् ‘भित्र बसेर यो खतरनाक भाइरसबाट आफू पनि बचौँ, अरुलाई पनि बचाऔँ। जब फ्रन्टलाइनमा बसेर महत्वपूर्ण कार्यकर्ताहरु लड्दै हुनुहुन्छ हामी एकान्तमा बसेर थप योगदान गरौँ । आगामी दिनमा सुरक्षित र स्वस्थ्य जीवनका लागि शुभकामना ।’ गौरिकाको परिवार अमेरिकाको न्यूयोर्कमा बस्छन् जुन अमेरिकाको सबैभन्दाप्रभावित शहर हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *