भारतमा लकडाउन झन् कडा हुने, तीन साता थपियाे

डिसी नेपाल
२ वैशाख २०७७ १०:५६

काठमाडौँ । भारजमा जारी लकडाउन पुनः तीन साताका लागि थप गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै तीन साता लकडाउन थप गरिएको घोषणा गरेका हु्न् ।

प्रधानमन्त्री मोदीले भारतमा कोरोनाको महामारी व्याप्त हुँदै गएको भन्दै पुनः तीन साता लकडाउन थपिएको र झन् कडा गर्नुपर्ने अवस्था आएको बताएका छन् । अब थपिएको लकडाउन (मे ३) अर्थात वैशाख २१ गतेसम्मका लागि रहने छ ।

यसअघि भारतले गरेको तीन हप्ते लकडाउन भोलि बुधबार सकिँदै छ। ३० अप्रिलदेखि भने अत्यावश्यक कामका लागि छुट दिन सकिने प्रधानमन्त्री मोदीले बताएका छन् । लकडाउनकाबीच पनि भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढेको छ ।

हाल भारतमा १० हजार ४ सय ५३ जना मानिस कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । जसमध्ये ३ सय ५८ जनाको ज्यान गइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । संक्रमित मध्ये १ हजार १ सय ५३ जना उपचारपछि घर फर्किसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *