कोरोना भाईरसका कारण पाकिस्तानी पूर्व क्रिकेटरको निधन

डिसी नेपाल
२ वैशाख २०७७ १२:३९
4
Shares

काठमाडौं । पाकिस्तानका प्रथम श्रेणीका पूर्व क्रिकेट जफर सरफराजको कोरोना भाईरसको संक्रमणको कारण मृत्यु भएको छ। ५० बर्षीय जफरमा कारोना संक्रमित देखिएको थियो । उनलाई तिन दिन अगाडी पेशावरको एउटा निजी अस्पतालको आईसीयूमा भेन्टिलेटरमा भर्ना गरिएको थियो।

बायाँ हाते सरफराज मध्य क्रमका ब्याट्सम्यान थिए। उनले पेशावरका लागि १५ प्रथम श्रेणी खेलहरूमा ६१६ रन बनाएका थिए। उनले अन्तर्राष्ट्रिय एकदिवसीयको ६ खेलमा ९६ रन बनाएका थिए । सन १९९४ मा उनले क्रिकेटबाट सन्यास लिएका थिए । क्रिकेटमा रिटायर भएपछि उनले पेशावरको युथ–१९ क्रिकेट टिमको सिनियर कोच भएर काम गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *