कोरोनाका कारण इटालीमा २१ हजार बढीको मृत्यु

डिसी नेपाल
२ वैशाख २०७७ २३:२८

इटाली। इटालिमा मंगलबारसम्म २१ हजार भन्दा बढिको मृत्यु भएको छ। सन्क्रमितको संख्या १ लाख ६२ हजार ४ सय ८८ छ जुन २४ घन्टामा २ हजार ९ सय ७२ हो भने ३७ हजार १ सय ३० लाई सन्चो भएको छ।

विशेषगरि लोम्बार्दिआको मिलान सहरमा आइतबार सम्म सन्क्रमित को संख्या दोब्बर रुपमा बढेको थियोे ।मिलान सहरमा अहिले पनि सङ्क्रमितको संख्यामा कमि आएको छैन ।अरु सहर भन्दा मिलानमा सन्क्रमितको संख्या मा वृद्धि भइरहेको छ।

मंगलबारसम्म इटालिमा २ हजार ९ सय ७२ सन्क्रमितमध्ये लोम्बार्दिआमा मात्रै १ हजार १२ सन्क्रमित छन र २ सय ४१ जना को मृत्यु भएको छ।इटालीमा अप्रिल १३ सम्म भनिएको लक डाउन मे ३ सम्म लाई थप गरिएको छ ।

इटालिका प्रधानमन्त्री जुजेप्पे कन्तेले नगरपालिकाहरुका लागि ४.३ बिलियन यूरो र प्रत्येक गाबिसहरुका लागि ४ सय मिलियन युरो उप्लब्ध गराएका छन।

गाबिसलाई उपलब्ध रकम गाबिसले पैसाको अभावमा खाद्यान्न को समस्या परेका नागरिकहरुका लागि उपलब्ध गराउने भनिए सङै सपिङका लागि पाइने बोनस इटालियन नागरिक र बिदेसी नागरिकलाइ आवश्यकता अनुसार बितरण गरिएको छ।  सरकारले प्रतेक गाबिस मार्फत जनतालाई दिने भनिएको सपिङ बोनस धेरै जसो गाबिसमा बितरण सुरु भैसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *