पासोमा पर्यो मान्छे खाने चितुवा

डिसी नेपाल
३ वैशाख २०७७ १०:०४
4
Shares

तनहुँ । बन्दीपुर गाउँपालिका–४ स्थित लोहीपाखामा पासो बनाइ राखिएको खोरमा आज बिहान एक चितुवा फेला परेको छ।

चितुवाबाट धेरै बालबालिकाको ज्यान गएपछि डिभिजन वन कार्यालयले काठको खोरमा पासो थापेको थियो।

खोरमा परेको यो आठौँ चितुवा रहेको वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । सोही क्षेत्रमा गत माघ १३ गते चितुवाको आक्रमणबाट ११ वर्षीय इशाक विश्वकर्माको ज्यान गएको थियो।

पासो थापेको खोरमा चितुवा फेला परेको जानकारी प्राप्त भएको र आफू त्यसतर्फ जाने तयारी गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए।

चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिकाको मृत्यु हुनुका साथै सात घाइते भएको डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए।

वन कार्यालय र सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाका १६ स्थानमा १६ खोर निर्माण गरी राखिएको उनले बताए । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *