मृत्यु संस्कार वाहेकलाई पास नदिने
काठमाडाैं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पासमा कडाइ गरेको छ। सरकारले अत्यावश्यक सवारीसाधन संचालनका लागि अनलाइन पास दिने निर्णय गरेको थियो।
ई-पासका लागि आत्याधिक आवेदन परेपछि मुत्यु संस्कारमा जाने वाहेकलाई पास नदिने निर्णय कार्यालयले गरेको हो।पासको अत्याधिक मागले लकडाउन समेत उल्लङघन हुने अवस्था सिर्जना भएकाले सवारी पासमा कडाइ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले जानकारी दिएका छन्।
‘वैशाख ३ गतेदेखि आफ्नो परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरुलाई बाहेक अन्य प्रयोजनका लागि सवारीपास जारी नहुने व्यहोरा जानकारी गराइन्छ।’ कटवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment