कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १४ पुग्यो

डिसी नेपाल
३ वैशाख २०७७ १७:५६

कुवेत । कुवेतमा मंगलबार र बुधबार गरेर थप थप २ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १४ पुगेको छ ।

कुवेतको स्वास्थ्यले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार १ नेपालीसहित ५० जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या १४ सय ५ पुगेको छ ।

तीमध्ये ३ जनाको ज्यान गएको छ, भने २ सय ६ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ३१ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *