गैरकानूनी सम्पति आर्जन गरेको भनि ढकाल विरुद्ध अख्तियारद्वारा उजुरी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक्स–रे टेक्निसियन राजकुमार ढकालविरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । निजको जीवनयापन स्तर आयस्रोतभन्दा उच्च देखिएको, उनको नाममा रहेको विभिन्न बैंक खाताबाट अस्वाभाविकरुपमा आयस्रोतभन्दा बढी रकम चेकमार्फत सापटी दिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।
निजको २ करोड २ हजार ८ सय ८६ रुपैयाँ ६५ पैसा सम्पत्तिको वैध स्रोत खुल्न नसकेको आयोगले जनाएको छ । टेक्निसियन ढकालले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी आफ्नो, श्रीमती निरजरा घिमिरे र राममणि लामिछानेको नाममा चलअचल सम्पत्ति लुकाई राखेको पाइएको छ । निज ढकाललाई बिगो स्रोत नखुलेको रकमबराबरको बिगो माग दाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
यसैगरी आयोगले आयातीत सामानको न्यून मूल्याङ्कन गरी नेपाल सरकारलाई प्राप्त हुने राजश्वमा हानि पु¥याएको आरोपमा मेची भन्सार कार्यालय काँकडभिट्टाका तत्कालीन भन्सार अधिकृत मनोजकुमार विक र जाँचकी नायब सुब्बा सनद खतिवडासहित सामान आयातकर्ताविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । खउनीहरुविरुद्ध ५५ लाख १० हजार ५ सय ९६ रुपैयाँ ३३ पैसा बिगो माग गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment