काेराेनाका कारण लण्डनमा थप एक भूपू सैनिकको निधन, मृत्यु हुनेकाे संख्या १३ पुग्याे

डिसी नेपाल
५ वैशाख २०७७ ७:४७

लन्डन। कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ। लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो।

स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो। उनलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो। पाल्पा स्थायी घर भएका थापा पछि बुटबल बसाइँसराइ गरेका थिए।

पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आइरहनुभएका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए।

अध्यक्ष रेग्मका अनुसार सन् २००९ देखि बेलायतमा श्रीमतीसहित बस्दै आउनुभएका थापाका जेठा सन्तान नेपालमै र कान्छा सन्तान बहराइनमा रहेकोे बताए। हालसम्म कोरोनाका कारण बेलायतमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *