मलेसियामा ३ जना नेपालीमा देखियो कोभिड–१९

डिसी नेपाल
६ वैशाख २०७७ १३:१८

क्वालालम्पुर । मलेसियामा ३ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

मलेसियन सरकारको स्वास्थ्य मन्त्रालयको अफिसियल ट्वीटरबाट ३ नेपालीसहित ६ सय १ जना विदेशी नागरिकहरुमा कोरोनाको संक्रमणमा देखिएको जनाइएको छ ।

मलेसियामा कोरोना भेटिएका विदेशि नागरिकहरूमा इन्डोनेसिया १०८ सहित पहिलो नम्बरमा छ भने १०४ फिलिपिन्स, ६३ बंगलादेसि सहित दोश्रो र तेश्रो नम्बरमा छन् ।

नेपाली संक्रमितहरूमध्येमा केही निको भएर काममा फर्किएपनि बाँकिको विषयमा थाहा हुन सकेको छैन ।

यस बारेमा नेपाली राजदूतावासमा बुझ्दा मलेसियाको स्वास्थ्य मन्त्रालयको वेबसाईट नै आधिकारिक हुने भएकोले त्यसैलाई आधार मान्न सकिने जानकारि दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *